
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा जारी प्रदर्शनलाई देशव्यापी गर्ने निर्णय गरेको छ । ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।
जसअनुसार वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने निर्णय गरिएको छ ।
अध्यक्ष ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले काठमाडौै लगायत विभिन्न शहरमा विरोध प्रदर्शन गर्दै आएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गत शनिबार बिहान सबेरै प्रहरीले पक्राउ गरेको थियो ।