मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#अयोध्या#देश उँभो लाउने टोली#देश बनाउने टोली#सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना #अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#अयोध्या#देश उँभो लाउने टोली#देश बनाउने टोली#सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना
राजनीति

‘विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बलमिचाइँ गर्न खोज्यो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
‘विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बलमिचाइँ गर्न खोज्यो’
काठमाडौं, चैत १७ :

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने जनाएका छन् । 

मंगलबार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेलामा उनीहरुले विशेष महाविधेशनको नेतृत्वले पार्टीको आन्तरिक बिषयलाई संवेदनशील ढंगले लिन नसकेको भन्दै आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने जनाएका हुन् । पार्टी नेतृत्वको विवाद अदालतमा विचाराधीन रहँदा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बलमिचाइँ गर्न खोजेको निष्कर्ष रहेको कांग्रेस नेता मानबहादुर नेपालीले बताए । उनले मुलुकमा पार्टीको पराजय र लोकतन्त्र नै कमजोर भइरहेका बेला सवै पक्ष सहज र सतर्क हुनुपर्नेमा जोड दिए।

कांग्रेसको प्रचलित विधान, नियमावली र परम्परालाई ठाडो चुनौती दिएर आफूलाई स्वघोषित रुपमा सभापतिको रुपमा हस्ताक्षर गरेपछिको विवाद अदालतमा रहेकाले गगन थापालाई सभापति स्वीकार गर्न नसकिने बताए । उनले अहिलेसम्म १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति नै बैधानिक रहेका दाबी समेत गरे ।

छलफलमा केही नेताहरुले भने समानान्तर गतिविधि भन्दा पार्टीलाई बलियो र एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । सदस्यहरुले धारणा राख्न बाँकी रहेकाले छलफल बुधबार पनि जारी रहने नेताहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार