
काठमाडौ, चैत १८ :
नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो ।
बैठकले दलको नेता समेत चयन गर्ने बताईएको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानूनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गर्दै विभिन्न आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।