काठमाडौं, चैत १९ :

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । आजदेखि सुरु भएको एसईईको उत्तरपुस्तिका केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । 

आफ्नो विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नपाउने व्यवस्था गरिएको छ। एउटा विद्यालयको शिक्षकले अर्को विद्यलयको विद्यार्थीको परीक्षण गर्नेगरी रोस्टर बनाएको छ । परीक्षणको काम तीन दिनभित्र सक्ने तयारी छ। 

पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्णरुपमा सकिएको छ । एक मिहनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप उत्तरपुस्तिका परीक्षलाई तीव्रता दिइएको छ ।