काठमाडौं, चैत २० :

प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेकपा एमालेले पनि सभामुख पदमा उम्मेदवारी दिएन। एमाले सचिव पद्मा अर्यालले सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएो बताइन्। ‘सभामुख पदमा हामी उम्मेदवारी दर्ता गर्दैनौं,’ उनले भनिन्।

आज बिहान ११ बजेदेखि सुरु भएको मनोनय दर्ताको समय दिउँसो २ बजेसम्म तोकिएको थियो । सभामुखमा रास्वपा उपसभापति डिपी अर्यालले मनोनयन दर्ता गरेका छन्। उनी समाभुख बन्ने निश्चित छ । 

रास्वपाको एकल बहुमत रहेकोले सभामुख बन्न उनलाई अरू दलको सहयोग आवश्यक पर्दैन । एमालेले उम्मेदवारी नदिएसँगै रास्वपाका अर्याल निर्विरोध हुने देखिन्छ। सभामुख निर्वाचन चैत २२ गतेका लागि तोकिएको छ।