शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

अभद्र व्यवहारको आरोपमा सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
अभद्र व्यवहारको आरोपमा सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ
काठमाडौं, चैत २४ :

पूर्वपत्नी तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् ।तिमल्सिना अभद्र व्यवहार र धम्कीको आरोपमा पक्राउ परेका हुन् ।

उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।  जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ । उषाले १ चैत ७ मा फेसबुकमार्फत आफूलाई सुरक्षा चाहिएको बताउँदै फेसबुक स्टाटस लेखेकी थिइन् । २०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भइसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार