सुर्खेत, चैत २५ :

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकी विवादित छवि बनाएर बाहिरिएका छन्।  उमेर हद ६५ वर्ष पूरा भएको २१ दिनपछि सचिव बुढाथोकीले राजीनामा दिएका छन् । 

६५ वर्ष उमेर पूरा भए पनि पदबाट राजीनामा नदिएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।  बुढाथोकी २०८२ चैत ४ गते ६५ वर्ष पूरा भएका थिए।  २०७६ जेठ १२ मा प्रदेश सचिव नियुक्त भएका उनी २०८१ जेठ १३ मा दोस्रोपटक पुनः प्रदेश सभा सचिवमा दोहोरिएका थिए। 

दोहोरो सुविधा लिनेदेखि स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर भुक्तानी लिएको भन्दै उनको आलोचना भएको थियो। दोहोरो सुविधा लिएको उजुरी परेपछि उनले ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका थिए।