
काठमाडौं, वैशाख ५ :
नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज पनि छलफल हुँदैछ ।
हिजो पनि दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको थियो । तर संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन् । मोहन आचार्यदेखि निश्कल राईसम्मको पनि चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।
कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ ।
सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी गरिएको छ। सहमतिको प्रयास भने जारी छ । सहमतिका लागि आज फेरि बैठक बस्दैछ ।