
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।
आज काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।
पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा नेतृत्वले नै सवैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफुहरुको मत रहेको बैठकमा सहभागी नेताहरुले बताए ।
विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुले निरन्तर छलफल गर्ने र पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने पनि बताईएको छ ।
बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारण लगायतका बिषयमा समेत बैठकमा छलफल भएको थियो ।
हिजो पनि सो समुहको बैठक बसेको थियो ।