गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गरी छानविन गर्न जेनजी मुभमेन्टको माग
शंकास्पद गतिविधिमा नाम जोडिएपछि पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ : मुभमेन्ट
सक्रिय न्युज
१ घण्टा अगाडि
प्रकाशित
काठमाडौं, वैशाख ७ :
जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ ।
मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग पनि गरेका छन् ।
जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ ।मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’
मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका,आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ ।
उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने समेत बताएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।