बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
प्रदेश मधेस प्रदेश

सिरहा कारागारमा पुनः तनाव, २२ कैदीबन्दी नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
सिरहा कारागारमा पुनः तनाव, २२ कैदीबन्दी नियन्त्रणमा
फाइल तस्बिर ।
सिरहा, वैशाख ८ :

सिरहा कारागारमा फेरि तनाव बढेपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, ती कैदीबन्दीलाई अन्य कारागारमा पठाउने विषयमा विभागसँग अनुमति मागिएको छ।

गत शनिबारदेखि सुरु भएको विवादका क्रममा एक समूहले चौकीदार प्रेम चौधरीसहित दुई जनामाथि अनियमितता र असुलीको आरोप लगाउँदै बाहिर निकालेको थियो। पछि उनीहरूलाई उदयपुर कारागार पठाइएको थियो।

सिरहा कारागारमा व्यवस्थापन कमजोरीका कारण यसअघि पनि पटक-पटक विवाद हुँदै आएको छ। गत माघ २६ गते भएको घटनामा कटुवा पेस्तोल र गोली बरामद हुँदा इन्द्रजित यादव सहित १३ जना अन्यत्र सारिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार