शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

देशैभर समान रुपमा भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
देशैभर समान रुपमा भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
काठमाडौं, वैशाख १६ :

यातायात व्यवसायीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका छन् ।

केन्द्र सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेपनि प्रदेश सरकारले समायोजन नगरेको भन्दै उनीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका हुन् । 

सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढयो

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था विभागले भाडा समायोजन गरेपनि प्रदेशमा समायोजन हुन नसकेको बताए । यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र विभागका महानिर्देशकलाई समेत जानकारी गराइएको उनले बताए । उनले संघीय सरकारले भाडा समायोजन गरेपछि सातै प्रदेशले त्यसका आधारमा तत्काल समायोजन गर्न माग गरे ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई आधार मान्दै यातायात व्यवस्था विभागले बुधबार नै ढुवानी र यात्रुवाहक दुवैमा ५ प्रतिशत वृद्धि गर्दै भाडा समायोजन गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार