शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

रास्वपाको निर्णय : उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनुपर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० वैशाख, २०८३ मा प्रकाशित
रास्वपाको निर्णय : उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनुपर्ने
काठमाडौं, वैशाख २० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र पारेको छ। पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने निर्णय गरेको छ।

उम्मेदवार बन्ने आकांक्षीको संख्या बढ्ने अनुमान गर्दै छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन रास्वपाले ‘क्यान्डिडेट क्लब’को अवधारणा अघि सारिएको पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्। यसअघि बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा तयार पार्नुका साथै ‘क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गर्ने निर्णय गरेको थियो।

पाँच सदस्यीय उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्य रहेका छन् भने सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना तोकिएका छन्।

त्यसलाई मध्यनजर गर्दै रास्वपाले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचन एकै समयमा गर्ने सम्भावनालाई ध्यानमा राखी अहिलेबाटै संगठन सुदृढीकरण र उम्मेदवार छनोटको तयारी अघि बढाएको हो। स्थानीय जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल २०८४ सालमा सकिँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार