
काठमाण्डौँ , असोज २२ :
नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आइतबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।