काठमाडौं, वैशाख २३ :

विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुन: थप गरेको छ। विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका दुवै जनाको म्याद थप गरेको हो ।

भट्टको हकमा पाचौँ पटक र अग्रवालको हकमा छैटौँ पटक म्याद थप भएको हो। केही महत्त्वपूर्ण प्रमाणहरू सङ्कलन गर्न बाँकी रहेको विभागले जिकिर गरेपछि अदालतले थप गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान कार्य अझै पूर्ण नभएको जनाउँदै म्याद थपका लागि अदालत उपस्थित गराएको थियो ।