बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
ललितपुर, वैशाख २८ :

भाद्र २३ र २४ गतेको घटनासम्बन्धी मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै प्रदर्शन गरेका थिए । प्रदर्शन गर्दै आयोगको कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारी युवाहरुले मानवअधिकार किन चुप सरकारसँग भयो की घुसपैठ ? , सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ, मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ? सरकार डरायो, प्रतिवेदन हरायो लगाएत देखिएका प्लेकार्ड प्रदर्शन गदै नारावाजी गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार