शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
समाचार स्वास्थ्य

सरकारको विभेदपूर्ण व्यवहारविरुद्ध स्वास्थ्य क्षेत्रका विद्यार्थी आन्दोलित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
सरकारको विभेदपूर्ण व्यवहारविरुद्ध स्वास्थ्य क्षेत्रका विद्यार्थी आन्दोलित
काठमाडौं, वैशाख २८ :

स्वास्थ्य क्षेत्रको स्थायी दरबन्दीमा सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्दा हेल्थ असिस्टेन्ट, सिएमए, फार्मेसी, ल्याब टेक्निसियनलाई भने गरिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरुलाई दरबन्दीमा उचित स्थान नदिनु, बर्षौदेखि सेवा गर्दै आएका जनशक्तिलाई वेवास्ता गर्नु र ग्रामीण स्वास्थ्य सेवामा मूख्य भूमिका खेल्ने स्वास्थ्यकर्मीमाथि विभेद भएका कारण आफूहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । साथै उनीहरुले स्वास्थ्य क्षेत्रमा समान अवसरको व्यवस्था गर्न समेत माग गरेका छन् ।

आन्दोलनमा सहभागीहरुले एचए, सिएमए को अधिकार खोस्न पाइदैन, सवैलाई समान सम्मान चाहिन्छ, सवै स्वास्थ्य विधाका लागि समान सरकारी लोकसेवा परिक्षा चाहिन्छ, स्वास्थ्यकर्मी नचिन्ने स्वास्थ्य मन्त्री चाहिदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार