
काठमाडौं, जेठ २ :
आज बस्ने भनिएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबार बस्ने भएको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने गरी आजको बैठक सारिएको हो ।
भोली परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको सचिवालय बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताएका छन्।
बैठकमा पार्टीभित्रको कार्य विभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।