काठमाडौं, जेठ २ :

नेपाली काँग्रेसका नेता पूर्ण बहादुर खड्काले आफु पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताएका छन्।  

पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै आफु पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको बताउदै विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उनले नै हो। यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु, पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर।’र अहिले पनि सानेपामा आधा कांग्रेस मात्रै रहेको बताए।

सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनु, अदालतले जिताएर हामीले सभापति मानेका छौँ, सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनुस् उनले सभापति गगन थापालाई भने ।