.jpg)
काठमाडौं, जेठ ४ :
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज बिहान ९:३० बजे खेल सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । ती खेलहरुमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
नेपाल र अमेरिकाबीच गत शनिबार सम्पन्न तेस्रो खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।