शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक #तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक
राजनीति

दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न सरकारलाई थापाको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ जेठ, २०८३ मा प्रकाशित
दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न सरकारलाई थापाको आग्रह
भक्तपुर, जेठ ५ :

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेकी छन्। सोमबार भक्तपुरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले  पेट्रोलियम उत्खनन परियोजनामा सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाइन् ।

देशकै आर्थिक कायापलट गर्न सक्ने महत्त्वाकांक्षी परियोजनालाई सरकारले तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनले पेट्रोलियम उत्खनन कार्य प्रभावित हुन नदिन सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुनु पर्नेमा जोड दिइन्।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीबोध कमजोर देखिएको उनको आरोप थियो। सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई समर्थन गर्दै गलत विषयमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको पनि थापाको दाबी थियो।

उनले संविधानविपरीत हुने कुनै पनि गतिविधिविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने बताइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार