
काठमाडौं, जेठ ६ :
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति जवाफदेही हुन आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा साम्पाङले जनताको प्रश्नको जवाफ दिनका लागि सरकारका प्रतिनिधिहरू जवाफदेही नभएको भन्दै आपत्ति जनाएका हुन् ।
श्रम संस्कृति पार्टीप्रति सभामुख डोलप्रसाद अर्याल आज कडारुपमा प्रस्तुत भए। सभामुख अर्यालले विरोधको शैली नमिलेको भन्दै नियमावली सम्झाउँदै चेतावनी दिएपछि साम्पाङले विरोध प्रदर्शन आफूहरुको लागि नभइ जनताको प्रश्नको जवाफ खोजेको बताए । साम्पाङले आफूहरू ५-६ वटा प्रश्न रहेको र त्यसको जवाफ चाहिएको बताए। श्रम संस्कृति पार्टीले दैनिकजसो प्ले कार्ड देखाएर विरोध गर्दै आएको छ ।