शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
राजनीति

काठमाडौँ उपत्यकामा तीन घण्टामै ५७.६ मिलीमिटर वर्षा

सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७२ मिलीमिटरमाथि वर्षा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ जेठ, २०८३ मा प्रकाशित
काठमाडौँ उपत्यकामा तीन घण्टामै ५७.६ मिलीमिटर वर्षा
काठमाडौं, जेठ १४ :

बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा राति १०ः०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर वर्षा भएको छ । 

यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ । भारी वर्षाले पानीको निकास थुनिदा सडक तथा चोक जमग्न भएको थियो । थापाथली, माइतीघर,पुतलीसडक र त्रिपुरेश्वरमा सडक खोला झैं देखिन्थ्यो । सवारी साधन आवतजावतमा निकै कठिनाई उत्पन्न भएको थियो ।  सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्नसक्ने जानकारी दिए । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार