काठमाडौं, जेठ १७ :

एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको छ।

सिंगापुरमा भएको खेलमा  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा समेटियो।

नेपालका कुशल भुर्तेलले विष्फोटक शतकीय इनिङ खेल्दा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेलेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको उच्च स्कोरमा ओपनर कुशल भुर्तेलले करिअरकै उत्कृष्ट ब्याटिङ गर्दै विष्फोटक शतक बनाए। उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १ सय २९ रन बनाएका थिए।

उनले उच्च स्कोर बनाएसँगै टी-२० अन्तर्राष्ट्रियमा २ हजार रनको कीर्तिमान समेत पूरा गरे। नेपालका लागि कुशल मल्लले ३ विकेट लिँदा सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले २ विकेट लिए।

कुशल भुर्तेल एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । उनी  ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी पनि बनेका छन् ।