
काठमाडौं, जेठ २१ :
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्यो ।
जितका लागि दुई सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय आठ रनमा समेटियो । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७५ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक एक सय २६ रन बनाए । कुशलले ५४ बलमा १४ चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।