
काठमाडौं, जेठ २८ :
बैंकिङ कसुर अभियोगमा दीपक भट्टसहित चारजना व्यापारीविरुद्ध मुद्दा दायर भएको छ । उच्च सरकारी वकिल कार्यालयले बिहीबार शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनिटी हाेल्डिङ्सका अध्यक्ष भट्टविरूद्द ४२ कराेड १४ लाख ८८ हजार ८०७ रूपैयाँ बिगाे कायम गरी कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेकाे हाे ।
त्यस्तै जिल्ला अदालत काठमाडौंमा धितोपत्र र बीमा ऐनविरुद्धको कसूरमा दीपक भट्ट, सुलभ अग्रवाल र उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रतिवादी बनाइ मुद्दा दायर भएको छ । प्रतिवादीमध्ये भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे हिरासतमा छन् । शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका छन् । साहिल भने फरार छन् ।