बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

उपाध्यक्ष पौडेललाई पक्राउ गरेकोप्रति बस्नेतको आपत्ति

नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित होइन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
उपाध्यक्ष पौडेललाई पक्राउ गरेकोप्रति बस्नेतको आपत्ति
काठमाडौं, असार ८ :

एमाले सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णु पौडेल पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने धारणा व्यक्त गरेका छन्।

बस्नेतले  उक्त घटनालाई एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेका छन्।

उनले कुनै पनि कानुनी कारबाही निष्पक्षता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्ने भन्दै तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका छन्।

उनले कुखुरा मर्‍योभन्दा पनि स्याल पल्कियो भन्ने चेतका साथ घटनालाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन्।

उनले भने, ‘आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ, त्यसैले प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार