
काठमाडौ, असार १३ :
बेल्जियमले शुक्रबार भएको खेलमा न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा स्थान पक्का गरेको छ।
यस हारसँगै अल ह्वाइट्सको उपनामले चिनिने न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।
भ्यानकुभरमा भएको खेलमा बेल्जियमले विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्दै समूह ‘जी’को शीर्ष स्थान हासिल गर्यो।
बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुयने, रोमेलु लुकाकु र एलेक्सिस सालेमाकर्सले एक–एक गोल थपे। गोलअन्तरका आधारमा बेल्जियमले इजिप्टलाई पछि पार्दै समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको हो।