बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
अर्थतन्त्र बैंक/बीमा

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा बोलकबोल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ असार, २०८३ मा प्रकाशित
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा बोलकबोल
काठमाडौं, असार १७ :

नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।

उक्त ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुने केन्द्रीय बैंकल आज एक सूचना निकालेर जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी गरिने छ । न्यूनतम रु पाँच करोड र त्यसपछि रु पाँच करोडकै गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । एउटै संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । स्वीकृत हुने ब्याजदर सबैभन्दा कम ब्याजदरबाट क्रमशः निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले स्वीकृत बोल रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने जनाएको छ । खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुनुका साथै छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।

उक्त ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गरिने छैन ।  वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ । ऋणपत्र परिपक्व हुनुअघि साँवा फिर्ता नदिइने तथा अन्य प्रक्रिया प्रचलित कानुन र व्यवस्थाअनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार