शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई दिगो रुपमा व्यवस्थापन गरिने : मन्त्री रावल

१२ लाख भूमिहीन र सुकुमवासीको जग्गा प्राप्तिका लागि निवेदन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ असार, २०८३ मा प्रकाशित
होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई दिगो रुपमा व्यवस्थापन गरिने : मन्त्री रावल
काठमाडौं, असार २२ :

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई दिगो रुपमा व्यवस्थापन गरिने स्पष्ट पारेकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा मन्त्री रावलले उपत्यकाका बिभिन्न स्थानबाट हटाइ हाल होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई उचित स्थानमा  दिगो रुपमा व्यवस्थापन गरिने स्पष्ट पारेकी हुन् । त्यसअघि हालका लागि होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई सहज रुपमा जीवनयापन गर्न सरकारले आवश्यक बजेट व्यवस्था गरिएको उनले बताइन् ।

उनले देशभरका भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न  सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरिन् । वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको समेत उनले सुनाइन् ।  

मन्त्री रावलले  हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीको जग्गा प्राप्तिका लागि निवेदन  परेको र यसका लागि  ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको धारणा राखिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार