मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान #खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान
प्रदेश मधेस प्रदेश

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे ‘पैदल न्याय मार्च’

पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे ‘पैदल न्याय मार्च’
जनकपुर, असार २५ :

आफ्ना मागको सुनुवाई नभएको भन्दै मिटरब्याज पीडितहरुले न्याय माग्दै जनकपुर देखि काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन् ।

बिहीबार जनकपुरमा फर्जी तमसुल लेखिएको पर्चा जलाउदै मिटरव्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाईमा मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका हुन् । सरकारले आफुहरुसंग पटक पटक सहमति गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौं आउन लागेको जनाएका छन् ।

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरब्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको गुनासो छ ।

उनीहरुले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानून बनाउनुपर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगाएतका माग राखेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार