बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सुकुम्वासीको दीगो समाधान गर्ने गरी सरकारले काम गरिरहेको छ : मन्त्री रावल

सुकुम्वासीका नाममा कसैलाई पनि राजनीतिक नगरौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ असार, २०८३ मा प्रकाशित
सुकुम्वासीको दीगो समाधान गर्ने गरी सरकारले काम गरिरहेको छ : मन्त्री रावल
भक्तपुर, असार २८ :

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुम्वासीको दीगो समाधान गर्ने गरी सरकारले काम गरिरहेको बताएकी छन् ।

आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्न पुगेकी मन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औंला ठडयाउन नसक्ने बताइन् ।

उनले सुकुम्वासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरिन् । सो अवसरमा उनले सुकुम्वासीहरुसँग  छलफल गरेर उनीहरुको समस्याकोबारे जानकारी लिएको थिइन् ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्वासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार