आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सक्रिय न्युज · मंगलबार, ५ साउन, २०८३ मा प्रकाशित
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं, साउन ५ :

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार