सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

प्रचण्ड भन्छन्- सरकारलाई चारैतिरबाट घेरा हाल्नु पर्ने अवस्था आयो

गरिब, किसान, मजदुर र उत्पीडित समुदायका अधिकारमाथि प्रहार भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ साउन, २०८३ मा प्रकाशित
प्रचण्ड भन्छन्- सरकारलाई  चारैतिरबाट घेरा हाल्नु पर्ने अवस्था आयो
काठमाडौं, साउन ८ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध सदन, सडक र आगामी निर्वाचनमार्फत संघर्ष गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसको विचार गोष्ठीमा उनले गरिब, किसान, मजदुर र उत्पीडित समुदायका अधिकारमाथि प्रहार भएको आरोप लगाउँदै सरकारलाई “चारैतिरबाट घेरा हाल्नुपर्ने” बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि साझा न्यूनतम कार्यक्रम बनाएर वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

प्रचण्डले नयाँ पुस्तामा वैचारिक प्रशिक्षणको निरन्तरता कमजोर हुँदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको स्वीकार गर्दै सत्ता समीकरणभन्दा वैचारिक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गरे। साथै, उनले ‘जेनजी आन्दोलन’लाई प्रतिक्रान्तिको प्रयासको संज्ञा दिँदै त्यसविरुद्ध लोकतान्त्रिक र वाम शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।

जुन दिन अफिमको नशाबाट चिनियाँ जनता मुक्त भएपछि क्रान्ति अघि बढेको थियो त्यसैगरी यहाँ पनि सोसल मिडियाको अफिमबाट नेपाली युवाहरुलाई दुरुस्त पार्न सक्यौ भने युवाहरु राष्ट्रको स्वाधीनताको निम्ति फेरि बलिदान गर्न आँट नेपालीहरुले गर्ने उनको विश्वास थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार