कैलाली, साउन ११ :

आत्मदाहको प्रयास गरेका कैलालीको धनगढी उपमहानगरपालिकाका  युवकको  मृत्यु भएको छ।

३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा धादिङमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले साउन ९ गते साँझ करिब ७: ३० बजे तिर  घरभित्रै  शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए।

चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अत्यन्त गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। तर थप उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।