बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश शिक्षा

एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्ने सबै कारबाहीको दायरामा : शिक्षामन्त्री पोखरेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्ने सबै कारबाहीको दायरामा : शिक्षामन्त्री पोखरेल
जनकपुर, साउन ११ :

शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै सरकार अघि बढिरहेको बताए । सोमबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले अहिले धेरै क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सरकार अघि बढिरहेको बताए।

उनले चुनौतीलाई अवसरको रुपमा लिँदै सरकार प्रभावकारी ढंगले अघि बढ्न खोजेको उनको भनाइ छ । त्यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने मुख्य आरोपीलाई पक्राउ गरिसकेको भन्दै त्यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे । उनले राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरी जग्गा प्राप्ति तथा आफ्नै भवन निर्माणको प्रक्रिया चाँडो अगाडि बढाउने प्रतिबद्धता गरे ।

साक्षर मधेस प्रदेश घोषणा सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको र सो विषयमा मुख्यमन्त्री तथा अन्य प्रदेश प्रमुखहरूसँग छलफल गर्ने उनको भनाइ छ । उनले अघिल्लो भ्रमणमा विद्यार्थीहरूले गरेको मागबमोजिम संकट मोचन विद्यालयमा विद्यार्थीहरुलाई खेल सामग्री वितरण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार