
काठमाडौं, साउन १२ :
जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई बिमा र धितोपत्रसम्बन्धी कसुरमा एक करोड धरौटीमा छाड्न आदेश दिएको छ
मंगलबार जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गर्दै रिहा गर्न आदेश दिएको हो ।
थुनछेक बहस सम्पन्न भएपछि इजलासले दुवै कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गर्दै रिहा गर्न आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। उनीसँग सम्बन्धित मुद्दाको थप न्यायिक प्रक्रिया भने अदालतमा निरन्तर रहनेछ।