काठमाडौं, साउन १३ :

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई बैंकिङ कसूरसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरेको छ।

सीआईबीका अनुसार पन्तलाई काठमाडौंको त्रिपुरेश्वरबाट नियन्त्रणमा लिइएको हो। ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले बैंकिङ कसूरको आरोपमा अनुसन्धान अघि बढाउन पन्तलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेलगत्तै पन्तलाई बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।