शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश मधेस प्रदेश

सप्तरीको बोदेबरसाईन नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

सक्रिय न्युज · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
सप्तरी, साउन १४ :

जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदेबर्साइन नगरपालिकाका चार किल्लामा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज अबेर राती बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।

साउन १४ गते राति १० बजेदेखि अर्को आदेश नभएसम्म बोडेबरसाइन नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु लागू रहनेछ।

कर्फ्यु क्षेत्रको सीमा पूर्वमा हुलाकी राजमार्गको खड्क पुल, पश्चिममा पृतमपुर चौक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार