वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो ।
ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्नेनमिल्नेबारेमा परीक्षण भइरहेको विभागले जनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतिराम सापकोटाले नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारे ।
उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । बजारमा शङ्कास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै