काठमाडौं, साउन १८ :

नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिएको छ । 

सरकारले सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै शिक्षक फेरि आन्दोलनमा जाने तयारी गरेका हुन्। महासंघको साउन १६ र १७ मा बसेको बैठकले सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले  विगतमा आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शिक्षक महासंघको अगुवाइमा गत २०८१ साल चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिएको थियो। उनीहरूको आन्दोलन २९ दिनसम्म चलेको थियो।  २०८२ वैशाख १७ गते सरकारले शिक्षक महासंघसँग नौँ बुँदे सहमति गरेको थियो।