
काठमाडौं, साउन १८ :
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार राति पाँच दिने चीन भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा शर्माले चिनियाँ पक्षसँग राजनीतिक भेटघाटसमेत गर्ने तयारी रहेको बताइएको छ। यद्यपि भेटघाटको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएका बेला शर्माको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उपसभापति शर्मा केन्द्रीय कार्यसमितिको बैठकअघि नै चीन भ्रमण सकेर स्वदेश फर्किने जनाइएको छ ।
कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना डाकेको छ भने त्यसअघि नै संस्थापन पक्षले साउन २४ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।