शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
राजनीति

३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरणीय बन्न सरकारलाई खुश्बुको चुनौती

राइड सेयरिङ सेवामा करको भार थोपरेर काम गर्न खोज्ने युवाहरुलाई सरकारले अन्याय गर्‍यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरणीय बन्न सरकारलाई खुश्बुको चुनौती
काठमाडौं, साउन २२ :

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण दिन सरकारलाई सुझाव दिएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले ३५ वर्षसम्म विगतका नेताहरूले के गरे भनेर प्रश्न गर्नुको साटो अब ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिएकी हुन् । नेत्री ओलीले सत्तारुढ दल रास्वपाका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष  डेलिगेसन गएर संसद्मा के भइरहेको छ भन्ने बारेमा अवगत गराउन पनि सुझाव दिइन् ।सांसद ओलीले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसदमा विरोध जारी रहने स्पष्ट पारिन्। 

उनले ग्यास र पेट्रोलको मूल्य वृद्धि भइरहने पुरानै समस्या भएकाले सरकारले समाधानमुखी भएर विद्युतीय चुलोमा लाग्ने भन्सार र विद्युत महसुल/भ्याट हटाउनुपर्नेमा जोडदिइन् ।  सरकारले स्वदेशमै युवाहरूलाई रोक्ने नीति लिने भने पनि देशमै उद्यम गरिरहेका युवाहरूलाई लक्षित गरी राइड सेयरिङ सेवामा करको भार कायम राख्नु विरोधाभासपूर्ण रहेकाले यसलाई हटाउन उनले माग गरिन् । उनले राजदूत चयनको प्रक्रिया पारदर्शी हुनुपर्ने समेत बताइन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार