शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

सक्रिय न्युज · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो
काठमाडौं, भदौ ४ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ ।  असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार