सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
राजनीति

सेक्युरिटी प्रेस खरिदका विषयमा अख्तियारको विस्तृत अनुसन्धान जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
सेक्युरिटी प्रेस खरिदका विषयमा अख्तियारको विस्तृत अनुसन्धान जारी
काठमाडौं, भदौ ४ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिए।

सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उनको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २–३ वटा उजुरीहरू विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको उनले बताए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा भई मुद्दा दायर भइसकेको समेत मैनालीले जानकारी दिए । उनले  आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरूमा अदालतबाट फैसला भएका मुद्दाहरूमा कसुर कायम हुने प्रतिशत ७० प्रतिशत भन्दा माथि रहेको उल्लेख गरे ।  विशेष अदालतबाट कसुर कायम नभएका (सफाइ पाएका) मुद्दाहरूमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार