शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो

सक्रिय न्युज · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, भदौ ५ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु चार हजार ८५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार