सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
राजनीति

अस्तव्यस्त बेनी–जोमसोम सडक : यात्रुले भोग्दै आएको सास्ती प्रधानमन्त्रीले पनि अनुभूति गरे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
अस्तव्यस्त बेनी–जोमसोम सडक : यात्रुले भोग्दै आएको सास्ती प्रधानमन्त्रीले पनि अनुभूति गरे
मुस्ताङ, भदौ ७ :

प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन् । उनको मुस्ताङ भ्रमणले यहाँको चर्चा चुलिएको छ । यसअघि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ गएका थिए । तर उनी काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट सिधै मुक्तिनाथ क्षेत्र पुगेका थिए  ।

प्रधानमन्त्री शाह भने बर्खायामको मौसममा समेत बेनी–जोमसोम सडकखण्डको सास्ती व्यहोर्दै आफैँले सवारीसाधन हाँकेर  शनिबार मुस्ताङको जोमसोम पुगेका थिए । सोही दिन साँझ प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरी जोमसोममा बास बसे । प्रधानमन्त्री शाह आज मुस्ताङबाट काठमाडौँतर्फ प्रस्थान गरे ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबाट यहाँको पर्यटन क्षेत्रमा ठूलो उभार आउने अपेक्षा गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले प्रधानमन्त्री शाहको मुस्ताङ आगमनले यस क्षेत्रको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । “प्रधानमन्त्री जहाँ जानु हुन्छ, त्यसक्षेत्रको पर्यटन क्षेत्रको चर्चा निकै चुलिएको छ”, उनले भने, “उहाँको मुक्तिनाथ दर्शनसहितको मुस्ताङ भ्रमणले यहाँको धार्मिक पर्यटन क्षेत्रलाई थप चलायमान बनाएको छ ।”

प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरेर पवित्र धार्मिकस्थल मुक्तिनाथको धार्मिक आस्था, विश्वास र गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म सन्देश प्रवाह गरेको अध्यक्ष लालचनले बताए । प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाटै सुरु भएको र त्यो पनि सडकमार्गबाटै भएकाले सडक पूर्वाधार विकासतर्फ पनि उनको ध्यान जानेमा आफू आशावादी बनेको उनले उल्लेख गरे ।

“राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अस्तव्यस्त छ,  प्रधानमन्त्रीले यसको प्रत्यक्ष अनुभव गरे”, अध्यक्ष लालचनले भने, “बेनी–जोमसोम सडकको स्तरोन्नति आवश्यक छ, यहाँ संसारभरीका नागरिक घुम्न आउँछन् ।”

अध्यक्ष लालचनले कोरला नाका हुँदै तिब्बतको कैलाश मानसरोवर धार्मिक तीर्थाटनका लागि सो नाकामा अध्यागमन कार्यालयलाई सक्रिय बनाएर राहदानीको समेत सुविधा हुनसके मुस्ताङको पर्यटन क्षेत्रमा कायापलट हुने बताए । उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि पनि नेपाली नागरिक जस्तै अर्थनिषेधित क्षेत्रलाई फुकुवा गर्न सकेमा भारत, नेपाल र चीनबीच त्रिदेशीय पर्यटनमार्ग थप सहज हुने अध्यक्ष लालचनको भनाइ छ ।

प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङको पर्यटन क्षेत्रले थप फड्को मार्ने मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष सुरज गुरुङले उल्लेख गरे । प्रधानमन्त्रीको मुस्ताङ भ्रमण हुन यहाँका पर्यटन व्यवसायीका लागि ठूलो अवसर भएको उनको भनाइ छ । प्रधानमन्त्री शाहबाट मुक्तिनाथको दर्शनले धार्मिक आस्था र यस क्षेत्रको महत्वलाई थप उजागर गर्न सफल भएको एशोसिएनका अध्यक्ष गुरुङले बताए ।

मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सन् २०१८ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीको उक्त भ्रमणपछि मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको अध्यक्ष गुरुङले बताए ।

भारतीय प्रधानमन्त्री मोदीपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन् । यसपटक प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण र मुक्तिनाथको दर्शनले यसक्षेत्रको धार्मिक पर्यटनका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार