काठमाडौं, भदौ ८ :

नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

हिजो प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार २०० रुपैयाँले बढेको हो।आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ।

हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।आज १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ।