
काठमाडौं, भदौ ९ :
प्रतिनिधिसभाको आज १ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजे बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ बजे बैठक बस्ने तय भएको उल्लेख छ ।