बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

कृष्णभिर सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालन, पुनःनिर्माणका लागि अध्ययन हुँदै

त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि करिब २० मिटर सडक भासिएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
कृष्णभिर सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालन, पुनःनिर्माणका लागि अध्ययन हुँदै
काठमाडौं, भदौ १४ :

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि काठमाडौंबाट बाहिरिने र भित्रने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौंबाट बाहिरिने ठूला सवारीसाधनलाई नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जाने र साना सवारीसाधका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको बताएका छन् ।

त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभिरमा करिब २० मिटर सडक भासिएको छ । सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ । बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

यसैबीच, कृष्णभिरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौंबाट विज्ञ टोली त्यहाँ पुगेको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार